राजनीति


एमालेको नयाँ नेतृत्व चयनका लागि १ गते मतदान

एमालेको नयाँ नेतृत्व चयनका लागि १ गते मतदान

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १८:३१, काठमाडौँ

नेकपा एमालेले ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

आइतबार एमालेको केन्द्रीय निर्वाचन आयोगले पुस १ गते नेतृत्व चयनका लागि मतदान हुने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन कार्यक्रमअनुसार आजै मतदाता नामावली प्रकाशन हुने छ। त्यस्तै नामावलीमाथि दावी विरोध भोलि बिहान ८ बजेदेखि ९ बजेसम्म गर्नुपर्ने छ।

दावी विरोधमाथि छानबिन भोलि १० बजेदेखि नै हुने छ। त्यस्तै भोलि सवा १० बजे नै अन्तिम मतदाता नामावली प्रकाशित हुने छ। 

साढे १० बजेपछि ३ बजेसम्म उम्मेदबारी दर्ता गरिने छ। भोलि साँझ ६ बजे नै उम्मेदवारको अन्तिम नमावली प्रकाशित गरिने छ। 

मतदान भने पुस १ गते बिहान ११ बजेदेखि पुस साँझ ५ बजेसम्म हुने छ। 

एमालेले मंसिर २७-२९ गतेसम्म महाधिवेशन टुंग्याउने बताएको थियो। तर, अब यो निर्वाचन कार्यतालिका अनुसार समय लम्बिने देखिएको छ। 

यस्तो छ निर्वाचन कार्यतालिका :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad