राजनीति


एमालेमा जेनजी प्रभाव : केन्द्रीय समितिमा १५ युवा आउने निश्चित

एमालेमा जेनजी प्रभाव : केन्द्रीय समितिमा १५ युवा आउने निश्चित

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १८:४०, काठमाडौँ

जेनजी आन्दोलनको प्रभाव नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा पनि देखिएको छ। एमालेले केन्द्रीय समितिमा युवाका लागि कोटा नै तोकेको छ। 

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले राखेको केन्द्रीय नेतृत्व चयनसम्बन्धी प्रस्ताव पारित भएको छ। यो प्रस्ताव पारित भएसँगै एमाले केन्द्रीय समितिमा युवा आउने बाटो खुलेको छ। 

एमाले केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ। यसमा १५ जना युवा अनिवार्य रुपमा आउने गरी कोटा तोकिएको छ। 

यसअनुसार, प्रदेश प्रदेशबाट एक जना युवा केन्द्रीय सदस्यमा आउनेछन्। प्रदेशको चुनाव हुँदा युवा कोटामा युवाले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन्। 

एमालेले सात प्रदेशसँगै काठमाडौँ उपत्यकालाई छुट्टै प्रदेश संरचनामा राखेको छ। त्यसैले आठ प्रदेश संरचनाबाट आठ युवा केन्द्रीय सदस्य हुनेछन्। 

त्यस्तै, खुल्ला प्रतिस्पर्धा हुने १२५ सिटमा पनि युवाका लागि कोटा तोकिएको छ। यसबाट दुई जना युवा केन्द्रीय सदस्य चयन हुनेछन्। 

जनजाति आदिवासीबाट २५ केन्द्रीय सदस्य आउनेछन्। त्यसमा पनि दुई जना युवा अनिवार्य गरिएको छ। 

मधेसी समुदायतर्फ २० जना केन्द्रीय सदस्य चयन हुनेछन्। यसमा पनि दुई जना युवा अनिवार्य चयन गर्नुपर्ने व्यवस्था गरिएको छ। 

दलितर्फ १२ केन्द्रीय सदस्यका लागि सिट तोकिएको छ। त्यसमध्ये एक जना युवा अनिवार्य गरिएको छ। 

एमालेले विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरेको छ। क्लस्टरभित्र युवाका लागि कोटा तोकिएको हो। युवा कोटामा युवाले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन्। 

यो पनि पढ्नुहोस् : यसरी चुनिनेछ एमालेको ३०१ सदस्यीय केन्द्रीय समिति (क्लस्टर सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad