११ औँ महाधिवेशनको उद्घाटन समारोह सकाएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा नेताहरू भेला भएका छन्।
भोलिदेखि महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि ओली आफ्नो ‘कोर टिम’सँग छलफलमा जुटेका छन्।
छलफलमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरू सहभागी छन्।
ज्ञवालीको संयोजकत्वमा महाधिवेशनबाट पारित गरिनुपर्ने विशेष प्रस्तावको तयारीका समिति बनाइएको छ। त्यस्तै
गुरुङको संयोजकत्वमा महाधिवेशनमा हुने निर्णयहरूको माइन्युनिटिङका समिति बनाइएको छ।
आजको छलफलमा बन्द शत्रमा कसरी पेस हुने, कुन कुन दस्ताबेज पेस गर्ने र बन्द शत्र कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल हुने छ।
ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिने तयारीमा छन् भने उनलाई बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारी गरेका छन्।
आफ्नो नेतृत्वमा अलग प्यानल बनाउने तयारी गरेका पोखरेलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि सर्मथन छ।
Shares

प्रतिक्रिया