राजनीति


देशको रक्षाका लागि नेकपालाई बलियो बनाउनुपर्छ : नेपाल

देशको रक्षाका लागि नेकपालाई बलियो बनाउनुपर्छ : नेपाल

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १९:२१, सुर्खेत

नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपसंयोजक माधवकुमार नेपालले देशको रक्षाका लागि नेकपा पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन्। 

शनिबार वीरेन्द्रनगर सुर्खेतमा पार्टी एकता सन्देश सभालाई सम्बोधन उनले देश र गणतन्त्र/लोकतन्त्र जोगाउन नेकपालाई बलियो बनाउनु पर्ने बताएका हुन्।

नेपालले नेकपालाई गरिब, निमुखा जनताको आसा र भरोसाको केन्द्रका रूपमा अगाडि बढाइने दाबी गरे। 

उनले नेपालले पछिल्लो समय देशभर पार्टीप्रति जनउत्साह बढ्दै गएको उल्लेख गर्दै देशको हित र संरक्षणका लागि देशभक्त पार्टीका रूपमा नेकपाले नेतृत्व लिनुपर्ने बताए। ‘देशको रक्षा गर्न र गणतन्त्र तथा लोकतन्त्र जोगाउन नेकपालाई अझ बलियो बनाउनु आवश्यक छ,’ उनले भने।

यस्तै, नेपालले विकास निर्माणदेखि समग्र देश निर्माणसम्म कम्युनिष्ट पार्टीको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै जनतालाई देशको वास्तविक मालिक बनाउने नेकपाको लक्ष्य रहेको उल्लेख गरे।

 न त डराउनु छ, न त बिराउनु छ, जनताको सेवा गर्दै देश विकास गर्नु हाम्रो दायित्व हो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad