राजनीति


संविधान मरिसकेको छ, अब ब्युताउनु हुँदैन : राजेन्द्र लिङदेन

संविधान मरिसकेको छ, अब ब्युताउनु हुँदैन : राजेन्द्र लिङदेन

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १५:५७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संविधान मरिसकेकाले अब ब्युताउन नहुने बताएका छन्। 

नेकपा (एमाले)को एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष लिङदेनले जेनजी आन्दोलनपछि संविधान नरहेको जिकिर गरे। ‘संविधान कहाँ छ? संविधान मरिसकेको छ,’ उनले भने। 

आफ्नो पार्टीले पहिलेदेखि नै संविधान अपूर्ण रहेको बताउँदै आएको उल्लेख गर्दै जेनजी आन्दोलनले त्यसको पुष्टि गरेको जिकिर गरे। ‘संविधान भन्ने चिज गीता, बाइबल, कुरान होइन, यो फेर्नुपर्छ भन्दै आएका थियौं,’ उनले भने। 

अब संविधानलाई ब्युताउनतिर नलागेर नयाँ समझदारी गर्नुपर्ने उनको भनाइ थियो। ‘मरिसकेको संविधानलाई ब्युताउँनतिर लाग्नु हुँदैन, त्यसले समस्या समाधान हुँदैन,’ उनले भने। 

राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। तीनै पक्षको समझदारीले मात्रै देश अघि बढ्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad