राजनीति


मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन हो : पूर्णबहादुर खड्का

मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन हो : पूर्णबहादुर खड्का

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १५:३३, काठमाडौँ

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन भएको बताएका छन्। 

भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले)को एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै खड्काले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको उल्लेख गरे। कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिसकेको स्मरण गराउँदै खड्काले भने, ‘मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन हो।’

यसका लागि सरकारले वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। ‘सरकारका निर्णय, गतिविधिहरू निर्वाचन बनाउने, भयरहित बनाउने कदमतर्फ अगाडि बढेका छन्?,’ खड्काले प्रश्न गर्दै भने, ‘यसतर्फ हामी गम्भीर छौं, सरकार यसमा गम्भीर हुनुपर्छ।’

जेनजी आन्दोलनको जाँचबुझ गर्न गठिन आयोगका निर्णयले पनि निर्वाचनको वातावरण बन्न नसकेको उनको थियो। ‘नेताहरूका स्थानहदका निर्णयहरू लगायतका कार्यले प्रश्न उठाएका छन्। आयोग सतर्क हुन जरुरी छ,’ उनले भने। 

जेनजी आन्दोनलमा क्रममा भएका घटना अकल्पनीय भएको उनको भनाइ थियो। त्यसका पछाडि रहेका अनुहार खुल्दै गएको र भविष्यमा खुल्दै जाने उनले बताए। 

अहिलेको अवस्थामा सबै राजनीतिक दल एकजुट भएर लोकतन्त्रलाई जोगाउनुपर्ने उनको भनाइ थियो। विगतमा पनि लोकतन्त्रका लागि सबै राजनीतिक दल एकताबद्ध भएको उनले स्मरण गराए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad