नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ। पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार शनिबार दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
महाधिवेशनको उद्घाटनसत्र भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा हुँदै छ। आकर्षक र कलात्मक मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशनको उद्घाटनसत्रमा ३ लाख बढीको उपस्थिति रहने दाबी एमालेले गरेको छ।
उद्घाटन कार्यक्रममा नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गरिने तयारी छ । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायत १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको नेकपा एमालेले जनाएको छ।
कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सय बढी स्वयंसेवक ड्रेसकोडसहित खटिने छन् । जनसेवा व्यवस्थापनका लागि १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने भएको छ।
लिच्छविकालीन चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्त्वपूर्ण मन्दिरहरूको संरचना समेटिएको एमालेको उद्घाटनसत्रको मञ्च नेपालकै इतिहासमा नै पहिलो ठुलो तथा कलात्मक मञ्च बनेको छ।
मञ्चको दायाँबायाँ ३०÷३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन जडान गरिएको छ। तीन किलोमिटर परसम्म स्पष्ट सुनिने गरी १ सय १५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम राखिएको छ।
देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ। कार्यक्रममा राष्ट्रिय एकताको प्रतीक झल्काउने साङ्गीतिक प्रस्तुति कलाकारहरूले मञ्चमै प्रस्तुत गर्ने तयारी रहेको छ।
महाधिवेशन उद्घाटनमा मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटद्वारा पाला बालेर उद्घाटन गर्ने व्यवस्था मिलाइएको छ।
११ औँ महाधिवेशन उद्घाटन स्थलमा ११ वटा पार्टी झण्डा राखिने छन् । तीमध्ये १० वटा झण्डा सुरुमा नै फहराइने छन् भने एउटा झण्डा पार्टी अध्यक्ष ओलीले रिमोटबाट फहराउने तयारी गरिएको छ।
महाधिवेशनको आज उद्घाटनसत्र सकिएपछि भोलि र पर्सी काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ। बन्दसत्रले नयाँ नेतृत्व चुन्दै छ।
‘ऐतिहासिक ११ औँ महाधिवेशनलाई भब्य बनाउनका लागि देशैभरीबट ठूलो संख्यामा कार्यकर्ताहरु उपस्थित हुने क्रम जारी छ’ गौतमले भने, ‘बागमती, मधेस र गण्डकी प्रदेशका प्रत्येवक वडा वडाबाट कार्यकर्ता आउँछन्। अन्य प्रदेशबाट ठूलो संख्यामा कार्यकर्ताहरु आउँछन्।’
उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले हालको विषम राजनीतिक परिस्थिती र यसको निकासका बारेमा एमाले कार्यकर्ता र आम जनतालाई स्पष्ट पार्ने गौतमले बताए। कार्यक्रममा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा प्रचलनमा भएका झाँकीह्रु प्रष्तुत गर्ने तयारी छ।
उद्घाटन सत्रमा सहभागी हुन आउनेहरुलाई विभिन्न रुटहरु तयारी गरिएको छ। कार्यक्रम स्थल भन्दा पश्चिमतिर बाट आउनेले गठाघरसम्म मात्र सवारी साधान लैजान पाउने छन्।
ति सवारी साधनहरु सानोठिमीस्थित खुला चौरमा पार्किङको व्यवस्था गरिएको छ। यसैगरी पूर्वबाट आउने सवारी साधानहरु जगातीमा पार्किङ गरिने छ। गठाघर र जगातीबाट सहभागीहरु जुलुस सहित कार्यक्रम स्थलतर्फ आउनेछन्।
नगरकोट क्षेत्रबाट आउनेलाई सल्लाघारीको उत्तरतिरको क्षेत्रमा पार्किङ गर्न भनिएको छ। भक्तपुरका सवै वडाबाट जुलुस सहित सहभागीहरु कार्यक्रम स्थलतर्फ आउँनेछन्।
महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि निर्वाचित भएका छन्। एमालेको १० औं महाधिवेशन चितवनको सौराहामा २०७८ सालमा भएको थियो।
Shares

प्रतिक्रिया