संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल श्रीलंकासँग भिड्दै छ।
खेल द सेभेन्स रंगशाला, दुबईमा नेपाली समयअनुसार अहिले बिहान १०ः४५ बजे सुरु हुनेछ।
नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा छ।
नेपालले दोस्रो खेल मंसिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ।
यही मंसिर २६ देखि जारी प्रतियोगितामा आठ टोली सहभागी छन्।
समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल छन्।
दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा पुग्नेछन्।
उपाधिका लागि पुस ६ गते प्रतिस्पर्धा हुनेछ।
नेपाली टोली
अशोक धामी (कप्तान), निराज यादव (उपकप्तान), दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, शाहिल पटेल, दयानन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहार, नितेष पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री
Shares

प्रतिक्रिया