नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटको परिणाम क्रमशः आउने बताएका छन्।
बिहीबार एमालेको ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा देउवासँगको भेटबारे प्रश्न उठेको थियो। जवाफमा उनले त्यसको परिणाम देखिने बताए।
‘दुई प्रमुख दलका शीर्ष नेताले भेटवार्ता गर्दा देशको बारेमा कुरा गरेनन् होला? देशको चिन्ता गरेनन् होला? नागपञ्चमीमा टाँसे जसरी गोबरले टाँसिदिएको यो सरकारको बारेमा कुरा गरेनन् होला?,’ ओलीले भने, ‘अर्थपूर्ण छलफल भयो। त्यसको अर्थ छ। भोलि देखिन्छ।’
भदौ २३ र २४ गतेको जनेजी आन्दोलनपछि ओली र देउवाले मंसिर १९ गते पहिलो पटक भेट गरेका थिए। देउवालाई भेट्न ओली श्रीमति राधिका शाक्यसहित देउवा निवास महाराजगञ्ज पुगेका थिए।
111
Shares

प्रतिक्रिया