राजनीति


मानवअधिकार आयोगको गुनासोः सरकारले सिफारिस कार्यान्वयन नै गर्दैन

मानवअधिकार आयोगको गुनासोः सरकारले सिफारिस कार्यान्वयन नै गर्दैन

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १८:१५, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगका सिफारिसहरू अझै कार्यान्वयन नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले धेरै पटक आश्वासन दिएर पनि आयोगको सिफारिस कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएका हुन्।

अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयन गरेर पीडितलाई मानव अधिकारको प्रत्याभूति दिलाउने काम गर्न पनि सरकारलाई सचेत गराए।

उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि सरकारले आयोगको सिफारिस कार्यान्वयनमा आलटाल गर्न नहुने स्पष्ट पारे।

उनले भने,‘राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसहरु कार्यान्वयनमा हामी प्रतिवद्ध छौँ भनेर मुख्य सचिवजीले भन्नुभयो। यो हामीले आश्वासन पाएको धैरै भइसक्यो। समिति पनि गठन भइसक्यो। तर यो कार्यान्वयन हुन सकेको छैन। आशा छ–हाम्रो मुख्यसचिवज्यूको जुन आश्वासन छ। त्यो सफलीभूत हुनेछ। हाम्रा सिफारिसहरू कार्यान्वयन हुनेछन्। पीडितहरूले क्षतिपूर्ति पाउनेछन्। उहाँहरूले पनि मानव अधिकारको प्रत्याभूति भएको अनुभव गर्नेछन्।’

अध्यक्ष मगरले मानव अधिकारको रक्षाका लागि सरकारले भ्रष्टाचार निर्मूल पार्नका लागि पनि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष मगरले सुशासन कमजोर भएका कारण मुलुकमा मानव अधिकार हनन्का घटनाहरू बढ्न गएको समेत बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad