राजनीति


पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रधानमन्त्रीलाई भने– तपाईं चुनाव सम्पन्न गरेर मात्र निस्कनुपर्छ

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रधानमन्त्रीलाई भने– तपाईं चुनाव सम्पन्न गरेर मात्र निस्कनुपर्छ

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १९:३८, काठमाडौँ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अहिलेको सरकारले नै चुनाव गराउनुपर्ने बताएका छन्। 

मंगबलार प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका श्रेष्ठसँग उनको निवास ललितपुरको कुपन्डोलमा गएर भेट गरेकी थिइन्। उक्त भेटका अवसरमा उनले आफूबारे सञ्चारमाध्यममा विभिन्न कथा लेखिए पनि आफू यही सरकारले चुनाव गराएर विदा हुनुपर्ने पक्षमा रहेको बताएका हुन्। 

‘जसरी पनि चुनाव सम्पन्न गर्नुपर्छ, निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ,’ श्रेष्ठले भनेका थिए, ‘हाम्रो शुभकामना छ।’

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रावबहादुर रावलले प्रधानमन्त्री समवेदना व्यक्त गर्न गएको र केही समय समसामयिक विषयमा पनि कुराकानी भएकाे बताए।

भेटमा श्रेष्ठले विभिन्न प्रचार भएपछि ‘मेरो नाममा कथा लेखेर तपाईंको गुजारा चल्छ भने लेख्नुस्’ भन्ने गरेको प्रधानमन्त्री कार्कीलाई सुनाएका थिए। 

करिब आधा घण्टा भएको भेटमा प्रधानमन्त्री कार्कीले कल्याण श्रेष्ठका बुवाका विषयमा प्रकाशित पुस्तकका केही प्रसंग पनि स्मरण गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad