जेन-जी सहिदको स्मरणमा दीप प्रज्ज्वलन गरिएको छ।
मंगलबार साँझ संसद भवन अगाडि जेनजी सहिदको स्मरणमा दीप प्रज्ज्वलन गरिएको हो।
गत भदौ २३ र २४ गते जेन–जीहरूले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए।
आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडेर संसद भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर ७६ जना प्रदर्शनकारीहरूको मृत्यु भएको थियो।
आज तीन महिना पुगेको स्मरणमा दीप प्रज्ज्वलन गरिएको हो।
39
Shares

प्रतिक्रिया