राजनीति


केपी ओली तेस्रो पटक अध्यक्ष बन्नुहुन्न, नयाँ नेतृत्व अघि सार्नुहुन्छ : पाण्डे

केपी ओली तेस्रो पटक अध्यक्ष बन्नुहुन्न, नयाँ नेतृत्व अघि सार्नुहुन्छ : पाण्डे

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १८:९, काठमाडौँ

नेकपा (एमाले) नेतृ विन्दा पाण्डेले अध्यक्ष केपी शर्मा ओलीले आगामी ११औँ महाधिवेशनमा तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने दाबी गरेकी छन्। 

मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले भनिन्, ‘अध्यक्ष ओलीले महाधिवेशनको अन्तिम समयमा नयाँ अनुहारलाई अगाडि सार्नुहुन्छ।’

पाण्डेले उम्मेदवारी दर्ताको दिनसम्म ओलीले नेतृत्व छाड्ने घोषणा गर्ने विश्वास व्यक्त गर्दै थपिन्, ‘उहाँले नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ भन्ने मनस्थिति बनाउनुभएको छ भन्ने लाग्छ।’

उनका अनुसार ओलीले आफैँले पार्टीमा ल्याएको दुई कार्यकाल र ७० वर्षे उमेर सीमा को मान्यता उल्लघंन गर्ने अवस्था छैन। पाण्डेले भनिन्,‘उहाँले स्थापित गर्नुभएको मूल्यभन्दा बाहिर जान मिल्दैन। ओलीविनाको एमाले कल्पना गर्न सकिन्न भन्ने नारा बनाउने प्रयासमै म सहमत छैन।’

नेतृत्व परम्परा विकास हुनुपर्ने बताउँदै उनले थपिन्, ‘पद छाड्नु भनेको पार्टी छाड्नु होइन, साइडमा बसेर पछाडिको पुस्तालाई मेन्टरिङ गर्नु हो। लोकतन्त्रमा राजनीतिक मेन्टरिङ अत्यन्त आवश्यक छ।’

पाण्डेले ओलीले पनि यही मूल्य स्थापित गर्ने अपेक्षा व्यक्त गर्दै निष्कर्ष सुनाइन्। ‘अहिलेसम्म उहाँले गरेका कामसँगै यदि नयाँ पुस्तालाई मेन्टरिङ गर्ने मान्यता पनि स्थापित गर्नुभयो भने त्यो राजनीतिक तथा मानवीय दुवै हिसाबले महत्वपूर्ण योगदान हुनेछ,’ उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad