राजनीति


एमाले महाधिवेशन: उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद

एमाले महाधिवेशन: उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार ११:१४, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिएसँगै नेताहरूले आ-आफ्ना धारणा सार्वजनिक गर्ने क्रम बढेको छ। 

आज काठमाडौँमा एमालेको महाधिवेशन केन्द्रित दुईवटा कार्यक्रम हुँदैछन्। प्रेस चौतारीले एमालेका सचिव लेखराज भट्टसँग महाधिवेशन केन्द्रीत संवाद कार्यक्रम राखेको छ। 

भट्टसँगको कार्यक्रम दिउँसो २ बजे राखिएको छ। चौतारीले प्रायः एमालेको संस्थापन पक्षमा खुलेका नेताहरूसँग संवाद गर्दै आएको छ। 

संस्थापन इतर (विद्या भण्डारी-ईश्वर पोखरेल) तिर खुलेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेतृ विन्दा पाण्डेसहितका महिला नेताहरूको अन्तरसम्वाद कार्यक्रम भने आज होटल हार्दिकमा राखिएको छ।

मंगलबार दिउँसो १ बजे यो अन्तरसंवाद कार्यक्रम हुने छ। रचना खड्का, उषा किरण तिम्सिनालगायतका नेतृहरुले पार्टी महाधिवेशन र नेतृत्वबारे अन्तरसम्वाद गर्न लागेका हुन्।

एमालेको यही मंसिर २७ गतेदेखि काठमाडौँमा हुन लागेको ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलै बनाएर आगामी नेतृत्वको लागि प्रतिस्पर्धा गर्ने तयारी अघि बढाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad