राजनीति


मलाई माओवादी नेतृत्वले बदलाको भावले हेर्‍यो : जनार्दन शर्मा

मलाई माओवादी नेतृत्वले बदलाको भावले हेर्‍यो : जनार्दन शर्मा

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १६:४८, काठमाडौँ

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दशन शर्माले माओवादी नेतृत्वले बदलाको भावले हेरेपछि आफू नयाँ पार्टी बनाएर जनताको माझमा आएको बताएका छन्। 

रुकुम पश्चिममा शनिबार आयोजित युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आफूले कसैलाई धोका नदिएको बताए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धोका दिएको भन्दै केही कार्यकर्ताले आइतबार कालो झण्डा देखाएका थिए। 

त्यसको जवाफमा उनले कसैलाई धोका नदिएको बरु आफूप्रति नेतृत्वले बदलाको भाव राखेको आरोप लगाए। माओवादी सुधारका लागि कोसिस गरेको तर सम्भव नभएपछि अध्यक्ष प्रचण्डको पछि नलागेको उनको प्रष्टोक्ति थियो। 

अब नयाँ पार्टी निर्माणका लागि जनताको बीचमा आएको उनको भनाइ थियो। ‘भ्रष्टाचारका विरूद्वमा र सुशासनका पक्षमा एवं पार्टी निर्माणका लागि मैले माओवादीमा रहुन्जेल सकेको संघर्ष गरेँ, तर नेतृत्वले मेरो कुरा सुनेर सुधारको बाटोमा जानुको साटो उल्टै मलाई बदला भावले हेर्ने काम भयो,’ त्यसैले प्रचण्डको साथ छोडेको बताउँदै शर्माले भने, ‘म नयाँ पार्टी निर्माण गरेर जनताको काम गर्न आएको छु।’

रुकुमको विकासका लागि लाग्दै आएको उनको भनाइ थियो। अब पनि रुकुमको विसका समृद्धिका लागि काम गर्ने उनले प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad