पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भएपछि पूर्वमन्त्री एवं नेकपा (एमाले)का स्थायी समिति सदस्य भीम आचार्यले प्रष्टिकरण दिएका छन्।
भ्रष्टाचारमा आफू संलग्न नरहेको जिकिर गर्दै साँत बुदामा प्रष्टिकरण दिएका हुन्। आफू मन्त्री हुनअघि नै लागत, ठेक्का प्रक्रिया र आइटम थप गर्ने निर्णय भएको उनले दाबी गरेका छन्। आचार्यले भनेका छन्, ‘मेरो पालामा ठेक्का भएको होइन।
त्यस्तै उनले लागत बढाएको भन्ने आरोपको पनि खण्डन गरेका छन्। ‘लागत बढाइएको सत्य होइन,’ उनले भनेका छन्, ‘दातृ पक्षको चाहनामा ठेक्का प्रक्रिया परिवर्तन गरी बीओक्यूबाट ईपीसीमा लाँदा नेपाल राष्ट्र बैँकको प्राइस इन्डेक्सको आधारमा थप हुन आउने रकम जोड्दा हुने रकम २१५.९६५ मिलियन डलर नै तय गरिएको छ। यो लागत बढेको हो, बढाइएको होइन।’
उनले सम्झौतापछि कन्ट्र्याक्ट एग्रीमेन्टा पनि गलत नभएको जिकिर गरेका छन्। पाँच वर्षअघि अख्तियारले गरेको निर्णय स्मरण गराउँदै उनले भनेका छन्, ‘२०७० चैत १२ मा अख्तियारको छानबिनमा त्यस्तो कुनै कैफियत नदेखेकोले उजुरी छानबिन फाइल तामेलीमा राख्ने निर्णय भएको पत्र प्राप्त भएको थियो।’
त्यस्तै, संसद् लेखा समितिले राजनीतिक उद्देश्यले प्रेरित निर्णय गरेकाले विवादित भनेको उल्लेख गरेका छन्। आफूले जिम्मेवारीमा छँदा कुनै तलबितल नभएको उनको दाबी छ।
Shares

प्रतिक्रिया