नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा दुई सदस्य थपिएका छन्।
समितिमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी (लम्जुङ) र अधिवक्ता राजु कटुवाल (सुनसरी) सदस्यमा मनोनयन भएका हुन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकको निर्णय बमोजिम कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा सदस्य मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
87
Shares

प्रतिक्रिया