राजनीति


पीसीएल नर्सिङलाई निरन्तरता दिने तयारी गरिरहेका छौं : स्वास्थ्यमन्त्री शर्मा

पीसीएल नर्सिङलाई निरन्तरता दिने तयारी गरिरहेका छौं : स्वास्थ्यमन्त्री शर्मा

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १६:१३, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ (पीसीएल) लाई निरन्तरता दिने तयारी गरेको बताएकी छन्। 

भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउन्डिङ फार्मेसीको आइतबार उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. शर्माले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको संख्या कम भएकाले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी तयारी थालिएको बताइन्। ‘ठूला मेडिकल कलेज र आफ्नै अस्पताल भएका कलेजहरूलाई एसइई पछिको नर्सिङ पढाइको अनुमति दिनेगरी काम गरिरहेका छौँ,’ उनले भनिन्। 

अध्यादेशमार्फत एउटा बुँदा थपेर भए पनि पढाइ सुरु गर्ने योजनामा सरकार र मन्त्रालय रहेको उनले बताइन्। अहिले मन्त्रालयले विषयगत रूपमा सात वटा विषयमा सुधार गर्नेगरी काम गरेको उनको भनाइ थियो। 

स्वास्थ्यमन्त्री डा. शर्माले सेवातर्फ मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य, महिला स्वास्थ्य र बालबालिका स्वास्थ्यमा केन्द्रित गरिएको जानकारी दिइन्। सुधारका क्षेत्रमा स्वास्थ्य बिमा सुधार, औषधिमा गुणस्तरीयता र खरिद प्रक्रियालाई सहजीकरण गर्दै भ्रष्टाचारमुक्त बनाउने गरी काम भइरहेको उको भनाइ थियो। ‘हामीले प्रतिवेदन तयार पारी कार्ययोजना बनाइरहेका छौँ। शीघ्र यसको नतिजा आउनेछ,’ मन्त्री शर्माले भनिन्। 
कार्यक्रममा बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेश सभा सदस्य उत्तम जोशीले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। ‘सरकारी अस्पताल सुधार गर्नुछ भने नीतिगत रूपमा नै सुधार गर्न आवश्यक छ,’ उनले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad