राजनीति


बर्दियामा ‘नागरिकता नपाएकै कारण युवतीले मृत्यु रोजेको’ घटना छानबिन गर्न समिति गठन

बर्दियामा ‘नागरिकता नपाएकै कारण युवतीले मृत्यु रोजेको’ घटना छानबिन गर्न समिति गठन

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १३:५९, काठमाडौँ

बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्या गरेको भनिएको घटना छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ। 

घटनाको सत्यतथ्य पत्ता लगाउन आइतबार गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। 

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी छानबिन गर्न समिति गठन गरेका हुन्। 

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न आदेश दिइएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले उक्त घटना छानबिनका लागि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad