राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि आवेदन खुला गरेको छ।
रास्वपाले मंसिर २१ गतेदेखि पार्टीको आन्तरिक उम्मेदवार छनोटका लागि योग्यता पुगेका इच्छुक सदस्यहरूलाई आवेदन खुला गरिएको जनाएको छ।
रास्वपाले आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाउँदै पार्टीको आधिकारिक मोबाइल एपमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ।
आवेदन शुल्क भने २५ हजार रुपैयाँ तोकिएको छ। आर्थिक अभावका कारण शुल्क तिर्न नसक्ने योग्य सदस्यका लागि भने छुटको व्यवस्था रहेको उल्लेख गरिएको छ।
शुल्क मिनाहा गराउन चाहानेले विपन्नताको प्रमाणपत्रसहितका कागजात केन्द्रीय कार्यालय वा इमेलमार्फत बुझाउनुपर्नेछ।
60
Shares

प्रतिक्रिया