राजनीति


मधेसको सभामुख जसपालाई दिने तयारी

मधेसको सभामुख जसपालाई दिने तयारी

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १०:३२, काठमाडौँ

मधेसको सभामुख जनता समाजवादी पार्टी (जसपा),नेपाललाई दिने तयारी सत्तारुढ सात दलले गरेका छन्। 

एमालेबाट मधेसको सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोगबाट बर्खास्त भएपछि हाल मधेस प्रदेशसभा सभामुखविहीन अवस्थामा छ। मण्डल पदमुक्त भएपछि अहिले उपसभामुख बबिता राउत ईशरले मधेस प्रदेशसभा बैठक सञ्चालन गर्दै आएकी छन्। 

यही मंसिर ३ गते महाअभियोगमार्फत् पदमुक्त भएका मण्डलले आफू अब कानुनी उपचारमा पनि नजाने बताइसकेका छन्। 

जनमत पार्टीको प्रदेश सभा संसदीय दलका नेता महेश यादवले गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले मुख्यमन्त्री पाएकाले अब सभामुख जनमतले पाउनसक्ने बताए। 

‘यो विषयमा हामीबीच प्रारम्भिक छलफल भए पनि निष्कर्ष आइसकेको छैन,’ मण्डलले नेपालखबरसँग भने, ‘कांग्रेसपछि यहाँ ठूलो दल जसपा छ। उसले सभामुखमा दाबी गर्छ भने हामीले त्यसलाई अन्यथा मान्नु हुँदैन।’

मधेस प्रदेशका माओवादी सांसद फकिरा महतोले सभामुखमा जसपा र माओवादी केन्द्रले दावी गरेको बताए। ‘अब मन्त्रालय भागबण्डा गर्दा सभामुख र अन्य महत्वपूर्ण मन्त्रालय प्याकेजमै सहमती हुने सम्भावना छ,’ उनले नेपालखबरसँग भने। 

बबिता राउत जनमतबाट सभामुख बनेकी हुन्। हाल उपसभामुख आफ्नो दलको भएकाले जनमतले भने सभामुखमा दाबी नगर्ने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad