नेकपा (एमाले) को ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयलाई लिएर सुर्खेतमा विवाद उत्पन्न भएको छ।
एमाले केन्द्रको निर्देशनअनुसार, सुर्खेतमा पनि मंसिर ११ गते प्रतिनिधि छनोटका लागि उम्मेदवारी आह्वान गरिएको थियो। त्यसैअनुसार, सुर्खेत क्षेत्र नंं. १ को लेकबेसि गाउँपालिका–६ स्थित सहकारी संस्थाको प्राङ्गणमा मनोनयन दर्ता आह्वान गरिएको थियो।
निर्वाचन समितिका बिहान ११ देखि अपराह्न ३ बजेसम्म तोकिएको समयमा विभिन्न क्षेत्र र समूहबाट ४० जनाले उम्मेदवारी दिएका थिए। अन्यमा १९ जना, महिलामा नौ जना र युवामा १२ जनाले उम्मेदवारी दिएको निर्वाचत अधिकृत अधिवक्ता रामबावु बिसीले जानकारी गराएका थिए।
अर्को दिन सहमतिका लागि प्रयास भएको थियो। दिनभर छलफल चलेपछि सहमति जुट्न नसकेपछि मंसिर १३ गते बिहान १० बजे उम्मेदवारलाई उपस्थिति हुन मौखिक सूचना प्रवाह गरिएको उम्मेदवारहरूले बताएका छन्।
त्यो दिन पनि सहमति हुन नसकेपछि सर्वसम्मत निर्णय गर्न केन्द्रीय सदस्य तथा सहजिकरण समितिका संयोजक ठम्मरबहादुर विष्टको नेतृत्वमा सजिकरण समिति र निर्वाचन समितिको ब्यबस्थापनमा सर्वसम्मत निर्णय गर्न सबै उम्मेदवारले अनुरोध गरेका थिए। तर, जिल्ला कमिटीका पदाधिकारीले सहजिकण समिति र कुनै पनि उम्मेदवारलाई जानकारी नदिई उम्मेदवार चयन गरेको १७ जना उम्मेदवारले आरोप लगाएका छन्।
निर्वाचन समितिलाई समेत डराई, धम्काई प्रतिनिधि चयन गरिएको भन्दै कृष्णदेवी वली, धनसिङ खड्का र नरेश खड्का लगायत १७ उम्मेदवारले एमाले केन्द्रमा उजुरी दिएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको उजुरीमा पुनः प्रतिनिधि छनोटको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ। उनीहरूले भनेका छन्, ‘पार्टी विधान, विधि, नीति र एकता विरोधी कार्य गर्ने गराउनेलाई पार्टीको विधान बमोजिम कारबाही गर्नुका साथै उक्त गुटबन्दीपूर्ण राष्ट्रिय महाधिवेशन प्रतिनिधि भनिएका गैरप्रतिनिधिको नामावली बदर गरि विधान र पार्टी केन्द्रको निर्देशन बमोजिम पुनः प्रतिनिधि छनोट प्रक्रिया अगाडि बढाइदिन पार्टी केन्द्रीय कमिटी मातहतका विभाग तथा जिम्मेवारी तोकिएका क.हरूलाई निर्देशनको लागि हार्दिक निवेदन गर्दछौँ।’
एमाले महाधिवेशन प्रतिनिधिका उम्मेदवारले दिएको उजुरी :


Shares

प्रतिक्रिया