ग्लोबल


मृत्युदण्ड सुनाइएकी शेख हसिना कहिलेसम्म बस्न पाउँछिन् भारत?

मृत्युदण्ड सुनाइएकी शेख हसिना कहिलेसम्म बस्न पाउँछिन् भारत?

नेपालखबर
मंसिर २०, २०८२ शनिबार २१:४, काठमाडौँ

भारतका विदेशमन्त्री एस. जयशंकरले बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना जति चाहन्छिन् त्यति समय भारतमा बस्ने पाउने बताएका छन्। 

गत वर्ष अगस्टमा बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि हसिना १५ वर्षदेखिको सत्ता छाड्दै भारत भागेकी थिइन्। सन् २०२४ अगस्ट ५ देखि उनी भारतको शरणमा छिन्। 

यसबीच बंगलादेशको अदालतले ७८ वर्षीया हसिनालाई विद्यार्थी आन्दोलन दमनसँग सम्बन्धित ‘मानवताविरुद्धको अपराध’मा मृत्युदण्डको सजाय सुनाएको छ।

शनिबार एचटी लिडरसिप समिटमा भारतका विदेशमन्त्री जयशंकरलाई सोधिएको थियो- हसिना भारतमा कहिलेसम्म बस्न पाउँछिन्? 

जवाफमा उनले भने, ‘उनी (हसिना) विशेष परिस्थितिमा यहाँ आएकी थिइन्।...त्यो उनले निर्णय गर्ने कुरा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad