राजनीति


कोरोना उत्पत्तिबारे आफ्नै राष्ट्रपतिको दाबीविपरीत अमेरिकी गुप्तचरको निष्कर्ष

कोरोना उत्पत्तिबारे आफ्नै राष्ट्रपतिको दाबीविपरीत अमेरिकी गुप्तचरको निष्कर्ष

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ४:३०,

कोरोना भाइरस उत्पत्तिका सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकाकै गुप्तचरबीच कुरा बाझिएको छ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरस कसैले नियतवश निर्माण गरेर फैलाएको दाबी गरिहेका बेला अमेरिकी गुप्तचर समूहले यो मानव निर्मित भाइरस नभएको निष्कर्ष निकालेको हो।

अमेरिकी गुप्तचर निकाय हेर्ने डाइरेक्टर अफ न्याश्नल इन्टेलिजेन्सको कार्यालयले कोभिड-१९ को उत्पत्ति प्राकृतिक हो भन्नेबारे वैज्ञानिकबीच व्यापक सहमति रहेको बताएको छ।

संक्रमित जनावरबाट सरेर वा चीनको वुहानको एउटा प्रयोगशालाबाट दुर्घटना भएर यो भाइरसको उत्पत्ति भयो भन्ने सुनिश्चित गर्न चाहिँ गुप्तचर निकायले प्राप्त जानकारी र गुप्तचरी सूचनाका आधारमा परीक्षण गरिरहेको उसले जनाएको छ।

तर अमेरिकी राष्ट्रपति ट्रम्प भने अझै पनि चीनले गल्तीले वा कसैले उद्देश्यसाथ कोरोना भाइरस बनाएको हुन सक्ने जिकिर गरिरहेका छन्।बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad