नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले वर्तमान सरकार प्रतिगमनबाट जन्मिएको आरोप लगाएका छन्।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले जेनजी आन्दोलनपछि मुलुकमा प्रतिगमन भएको दाबी गर्दै संसद्को पुनस्थापना गरेर मात्रै त्यसलाई परास्त गर्न सकिने बताएका हुन्।
‘प्रतिक्रान्तिलाई परास्त गर्नुपर्छ। त्यसको लागि संसद् पुनस्र्थापना हुन जरुरी छ,’ उनले भने।
उनले प्रतिक्रान्तिको अवस्थामा एमालेको महाधिवेशन हुन लागेको भन्दै यसले प्रतिगमनलाई परास्त गर्नुपर्ने बताए।
पुस्तान्तरणको नीति अनुसार शीर्ष नेतालाई विस्थापित गरेर आफू अनुकूलको नेतृत्व स्थाना गर्न खोजिएको दाबी पनि उनले गरे। ‘प्रतिगामी शक्तिहरु निर्वाचनको माध्यमबाट प्रतिगमनलाई पूर्णता दिने, वैद्यता दिन अघि बढिरहेका छन्,’ उनले भने।
एमालेको एघारौँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्ने भन्दै उनले अहिले एमालेमा केपी ओलीको विकल्प नभएको दाबी गरे।
Shares

प्रतिक्रिया