राजनीति


महावीर पुनको आह्वान: नेपाल आमाको सपुत हुनुहुन्छ भने निवेदन दिनुहोस्

महावीर पुनको आह्वान: नेपाल आमाको सपुत हुनुहुन्छ भने निवेदन दिनुहोस्

शिक्षामन्त्री महावीर पुन


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १३:५४, काठमाडौँ

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति (भीसी) पदमा नियुक्तिका लागि दुई पटक सूचना प्रकाशित गर्दासमेत कुनै पनि दरखास्त नपरेपछि शिक्षामन्त्री महावीर पुन चिन्तित देखिएका छन्।

उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि कात्तिक ३० गतेसम्म दरखास्त आह्वान गरेको थियो। निर्धारित समयमा निवेदन नपरेपछि, समितिको आग्रहमा समय थप गरी मङ्सिर ५ गतेसम्म बढाइएको थियो। तर दुवै पटक योग्य उम्मेदवार कुनै निवेदन परेन।

शिक्षामन्त्री महावीर पुनले शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै नयाँ भीसीका लागि फेरि आह्वान गरेका हुन्।

 “उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन,” मन्त्री पुनले भनेका छन्, “त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधी भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस्। वा मलाई नै सम्पर्क गर्नुहोस्।”

संघीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ लाई गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad