नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न एघारौँ महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बिहीबार बिहान उनले नेपालखबरलाई उक्त जानकारी दिएका हुन्।
‘एमालेको ११औँ महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ’, उनले भने।
यद्यपि ओली समूहले औपचारिक रूपमा प्यानल घोषणा गरिसकेको छैन।
एमालेको एघारौँ महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ।
त्यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीलाई अध्यक्ष पदमा टक्कर दिने घोषणा गरिसकेका छन्।
महाधिवेशनका लागि ओली पक्षले प्यानल घोषणा गरेपछि विद्या-ईश्वर टिम घोषणा गर्ने तयारी छ।
927
Shares

प्रतिक्रिया