ऊर्जामन्त्री कुलमान घिसिङले आफू जनताको मायाले मात्रै टिकेको बताएका छन्। उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा समारोहलाई सम्बोधन गर्दै वैकल्पिक शक्तिहरू एकै ठाउँमा हुनुपर्ने बताएका हुन्।
'अवसर र चुनौती आएका बेला भाग्ने हो भने फेरि पनि परिवर्तन आउँदैन। देशभित्र रहेका र बाहिर रहेका सबै एक मत भएर एकजुट भएर लागौँ भन्ने मेरो आह्वान हो' उनले भने, 'म जनताकै मायाले टिकेको मान्छे पनि हुँ।'
उनले वैकल्पिक शक्तिलाई एकताबद्ध गर्न लागिरहेको बताए। उनले देश संकटमा रहेको र आफू देशका लागि योगदान दिन तयार रहेको पनि बताए।

प्रतिक्रिया