नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको निर्णयमा 'अतिरिक्त धारणा' दर्ता गराएका छन्।
सोमबार केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्न नपाएपछि उनले अतिरिक्त धारणा दर्ता गराएका हुन्।
महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष आफ्नो प्रस्ताव दर्ता गराएका हुन्। अतिरिक्त धारणामा उनले महाधिवेशनको तालिका र समय ग्यापबारे प्रश्न उठाएका छन्।
साथै उनले तालिकाअनुसार महाधिवेशन नभए हस्ताक्षर फिर्ता नहुने र विशेष महाधिवेशन हुने स्पष्ट पारेका छन्।
नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।कार्यवाहक सभापति खड्काले प्रस्तुत गरेको कार्यतालिकामा सहमति जुटेको हो।
थापासहितले भने विशेष महाधिवेशनमा जोड दिँदै आएका थिए। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेग महाधिवेशनको माग गर्दै निवेदन दर्ता गराएका छन्।
Shares

प्रतिक्रिया