राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले अब विदेशमा रहेका नेपाली मतदान गर्न पाउनुपर्ने बताएका छन्।
रास्वपा र विवेकशील साझा पार्टीबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले विदेशमा रहेका नेपालीलाई मतदानबाट बञ्चित गर्न नहुने बताए। विदेशमा रहेका नेपाली चिन्ता जनाइरहेको बताउँदै उनले भने, ‘विदेशमा रहेका नेपाली मतदान गर्न पाउनुपर्छ। बाहिरबाट मतदान हुनेछ, त्यसको अगुवाइ रास्वपाले गर्नेछ।’
उनले दुवै पार्टीबीच सांगठनिकभन्दा पनि मूल्य र मान्यताको एकता भएको बताएका छन्। ‘पार्टीको एकता हुँदा नीति, विचार, मूल्य मान्यताको एकता महत्त्वपूर्ण हुनेरहेछ,’ उनले भने, रास्वपा र विवेकशीलबीच मूल्य मान्यताको एकता हो।’
जेनजी आन्दोलनपछि वैकिल्पक शक्तिबीच एकताका लागि दबाब आएको उनको भनाइ थियो। त्यसकै आधारमा दुई पार्टीबीच एकता भएको उनले बताए।
अब रास्वपा ठूलो पार्टी बनेको उनको जिकिर थियो। ठूलो पार्टी बनेपछि जनतासँग जोडिएर बस्ने बताउँदै उनले भने, ‘हामी भूइ छोड्दैनौ, भूइमै रहेर काम गर्ने बाचा गर्दछौं।’
Shares

प्रतिक्रिया