राजनीति


कुलमानको उनेपाले भन्यो- रास्वपाले सर्तमाथि सर्त थप्दा सहमति हुन सकेन

कुलमानको उनेपाले भन्यो- रास्वपाले सर्तमाथि सर्त थप्दा सहमति हुन सकेन

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १५:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालपार्टीबीच सहकार्यका लागि संवाद जारी छ। दुवै दलका नेताहरू संवाद गरिरहेकै छन्। 

उज्यालो नेपालका प्रवक्ता डा राजु थापाले संवादलाई निरन्तरता दिइरहेको पनि बताए। 

'हामीले सहकार्यको लागि लामो समयदेखि रास्वपासँग संवाद गरीरहेका छौं। हाम्रो पार्टी दर्ता हुन ढिला हुनको प्रमुख कारणहरु मध्यको यो पनि एक कारण हो,' उनले भने, 'हामीले पार्टी दर्ता गरिसके पछि पनि संवादलाई निरन्तरता दिँदै सहकार्यको प्रयास गरिरहेका छौं।'

उनले एकताका लागि पार्टीको नाम नै मिलाएर जाने, चुनाव चिह्न पनि एउटै बनाउनेलगायतका विषयमा छलफल भएको पनि बताए। 

'पार्टी एकताका लागि पार्टीको नाम मिलाएर जाने, चुनाव चिह्न उहाँहरूकै राख्ने, नेतृत्वमा कार्यकारी भूमिकासहितको वरिष्ठ उपाध्यक्ष पद सृजना गरेर, केन्द्रीय समितिलाई समायोजन गरी जाने कुरा भइरहेको छ,' उनले भने, 'तर रास्वपाले पटक पटक, एकपछि अर्को सर्त राखिरहेकोले, अझै सहकार्यको सम्भावना सुनिश्चित हुन सकेको छैन तर हामी अर्थपूर्ण संवादको लागि प्रयासरत छौं।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad