राजनीति


प्रधानमन्त्री र रास्वपाका नेताबीच छलफल जारी

प्रधानमन्त्री र रास्वपाका नेताबीच छलफल जारी

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १५:८, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबीच छलफल जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरबीच छलफल भइरहेको हो। 

छलफलमा रास्वपाका नेताहरू कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा स्वर्णिम वाग्ले, शिशिर खनाल र सोविता गौतम सहभागी छन्। 

छलफलमा निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले बताएका छन्। 

यो छलफल लगत्तै ५ बजे राप्रपाका नेताहरूलाई प्रधानमन्त्रीले बालुवाटार बोलाएकी छन्। प्रधानमन्त्री कार्कीले पछिल्लो समय राजनीतिक दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad