राजनीति


फागुन २१ मा चुनाव हुँदैन : दुर्गा प्रसाईं

फागुन २१ मा चुनाव हुँदैन : दुर्गा प्रसाईं

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १५:२२, काठमाडौँ

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन नहुने जिकिर गरेका छन्। शनिबार प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने जिकिर गरेका हुन्।

उनले वर्तमान सरकारमा भएकाहरूको पनि भ्रष्टाचारी जात नै रहेको टिप्पणी गरे। वर्तमान सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको उनले जिकिर गरे।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको आरोप उनले लगाए। उनले आफूले हालसम्म कुनै पनि भ्रटाचार र अनियमितता नगरेको जिकिर गरे।

'चुनाव नै हुँदैन। चुनाव नहुने क्लियर छ। अहिलेको सरकारको नेतृत्वमा रहेकाहरूको पनि जात एउटै हो। विगतका सरकारभन्दा फरक छैन,' उनले भने, 'अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको रहेछ। केको भ्रष्टाचारविरोधी? मैले कुनै अनियमितता गरेको छैन।'

उनले यही मंसिर २२ गते प्रधानमन्त्री कार्कीसँग आफ्ना मागहरूसहित भेटवार्ता गर्ने बताए। प्रधानमन्त्रीसँगको वार्तापछि सरकारले आफूहरूका माग सम्बोधन गर्नेमा आधा मात्र विश्वस्त रहेको उनले उल्लेख गरे।

माग पूरा नभए आन्दोलन हुने उनले उनले चेतावनी दिए। उनले आफ्ना माग नाजायज नरहेको पनि बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad