राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्ने भएको छ।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय (धुम्बाराही) मा बस्नेछ।
बैठकमा समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति, आसन्न केन्द्रीय समिति बैठकका एजेन्डा, पार्टीभित्र आन्तरिक एकता, सबै तहका अधिवेशनका विषयमा छलफल गरिने उनलेे बताए।
साथै एजेन्डा केन्द्रित कार्यक्रम अघि बढाउने, चुनाव भइहालेमा चुनावी तयारी कसरी गर्नेलगायत विविध विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
36
Shares

प्रतिक्रिया