राजनीति


तत्काल संसद बैठक बोलाउन कांग्रेसको माग

तत्काल संसद बैठक बोलाउन कांग्रेसको माग

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १२:४२,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रित गरी विनियोजन गर्न माग गरेको हो। देश कोरोना भाइरससँग लडिरहेको सन्दर्भमा कोरोना सचेतना, कोरोनासँग लड्न आवश्यक सामग्री, नागरिकको उपचार र राहतलाई केन्द्रमा राखी बजेट विनियोजन गर्न कांग्रेसले माग गरेको हो। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्ने भएकाले तत्काल संसद सुचारु गर्न पनि कांग्रेसले माग गरेको छ।

कोरोनालाई परास्त गर्न आवश्यक पर्ने रणनीति तय गर्न, सरकारका कमजोरी केलाएर सुधारका लागि सहयोग प्रदान गर्न, सरकारले ल्याएका अध्यादेशभित्रको नियतका विषयमा विश्लेषण गर्न गर्न पनि संसद सुरु हुनुपर्ने आवश्यकता कांग्रेसले औंल्याएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा लक डाउनको समीक्षा पनि भएको छ। लक डाउनको उपयोग गरी सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक तयारी गर्न सरकारले नसकेको निष्कर्ष बैठकले निकालेको छ। लक डाउनमा अफ्ठ्यारोमा परेका नागरिकहरुलाई राहत उपलब्ध गराउने काम प्रभावकारी नभएको र स्वास्थ्यकर्मीहरुलाई पीपीई अगायतका अत्यावश्यक सामग्री अभाव भएको कांग्रेसले जनाएको छ। पीपीई व्यवस्थापन लगायतका सामग्रीको व्यवस्थापन, राहत वितरणमा सरकारको अयोग्यता तथा भ्रष्टाचार, अनियमितता र विभिन्न अपराधका घटनामा सरकारको संलग्नताका विषयमा बैठकमा छलफल भएको प्रवक्ता शर्माले बताए।

वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा अफ्ठ्यारोमा परेका नागरिकहरुको उद्दार गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने र राहतको वृहत प्याकेज ल्याउन कांग्रेसले सरकारसँग अपिल गरेको छ। यसअघि स्वस्थ्यकर्मी तथा अर्थविदहरुसँगको छलफलका क्रममा उठेका विषयवस्तुमा पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad