राजनीति


निर्वाचन प्रयोजनका लागि ६८ दल दर्ता, आयोगमा दर्ता कायम दलको संख्या १३२ पुग्यो

निर्वाचन प्रयोजनका लागि ६८ दल दर्ता, आयोगमा दर्ता कायम दलको संख्या १३२ पुग्यो

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १५:४२, काठमाडौँ

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन्। 

प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलावरसम्म ६८ वटा दलहरु दर्ता भएको आयोगका प्रवक्ता माहादेव पन्थले बताए। प्रवक्ता पन्थले हाल आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या १ सय ३२ पुगेको जानकारी दिए।

आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ। उनले बाँकी सबै राजनीतिक दलहरुलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आह्वान गरे।

उनले भने, ‘फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आयोगले तयार गरेको निर्वाचनको कार्यक्रमअनुसार मंसिर १० गतेसम्मका लागि निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्नेगरी समय तोकिएको थियो। मंगलवारसम्म ६८ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि दल दर्ता गरिसकेको अवस्था छ।

आजको दिनमा आयोगमा दर्ता कायम भएका दलहरुको संख्या १३२ हो। बुधबार कार्यालयभित्र निर्वाचन प्रयोजको लागि दल दर्ता गर्ने समय बाँकी छ। बाँकी समयमा अरु बाँकी दलहरु पन निर्वाचन प्रयोजनको लागि दर्ता भएर प्रतिस्पर्धामा भाग लिने अपेक्षा निर्वाचन आयोगले गरेको छ।’

प्रवक्ता पन्थले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि बताए। विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानून बनिसकेकोपछि निश्चित हुने पनि बताए। उनले स्वच्छ, निष्पक्ष  र भयरहति वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad