आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचन आयोगमा ६४ राजनीतिक पार्टीले दल दर्ता गराएका छन्।
निर्वाचन आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार सोमबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने पार्टीको संख्या ६४ पुगेको हो।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत प्रमुख राजनीतक दलले दल दर्ता गराइसक्दा नेकपा एमालेले भने अझै दल दर्ता गराइसकेको छैन।
अझै दल दर्ता गराउने समय आज र भोलि बाँकी छ।
निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ।
हेर्नुहोस् निर्वाचन प्रयोजनका लागि दर्ता भएका ६४ दलको सूची:



210
Shares

प्रतिक्रिया