राजनीति


मन्त्रिपरिषद् बैठक बस्दै, सेना परिचालनको निर्णय गर्ने तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, सेना परिचालनको निर्णय गर्ने तयारी

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १२:५७, काठमाडौँ

आज मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो। 

सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक नियमित बस्ने भए पनि यसहप्ता सोमबार नबसी मंगलबार र बिहीबार नबसी शुक्रबार बस्न लागेको हो। हिजो बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेकोले मन्त्रिपरिषद् बैठक सरेको थियो। 

आजको बैठकले सेना परिचालन गर्ने निर्णय गर्ने तयारी छ। यसअघि बिहीबारको सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको थियो। 

बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। सरकारले निर्वाचन केन्द्रित शान्ति सुरक्षामा ध्यान दिँदै सेना परिचालनको तयारी गरेको हो।  

निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ। सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्‌मा पत्राचार गरिसकेको छ। 

भदौ २३ र २४ को जेनजी आन्दोलनले बिग्रिएको शान्ति सुरक्षाको अवस्था अहिले पनि साम्य भइसकेको छैन। निर्वाचनका लागि सुरक्षा वातावरण नभएको भन्दै दलहरूले सरकारको आलोचना गरिरहेका छन्। 

सुरक्षाको वातावरण बनाउन भन्दै सरकारले यसपटक नेपाली सेनालाई चाँडै फिल्डमा उतार्न लागेको हो। यसअघिका निर्वाचनमा निर्वाचन हुनुभन्दा एक महिनाअघि मात्रै सेना परिचालन गरिँदै आएको थियो। 

तर, यसपटक सुरक्षा अवस्था असामान्य रहेकाले पहिल्यै सेना खटाउन लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad