नेकपा (एमाले)ले आउँदो महाधिवेशनमा सहभागिताका लागि महाधिवेशन प्रतिनिधिबाट शुल्क लिने भएको छ।
एमालेको बिहीबार बसेको सचिवालय बैठकले मंसिर १५ गतेभित्र केन्द्रीय कार्यालयमा महाधिवेशन प्रतिनिधिको विवरण बुझाउन भनेको छ। महाधिवेशन प्रतिनिधिको विवरण दर्ताका लागि शुल्क तोकेको हो।
एमालेको महाधिवेशनमा निर्वाचित र पदेन गरी दुई थरी महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। निर्वाचित प्रतिनिधिका लागि दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, पदेन प्रतिनिधिका लागि भने दर्ता शुल्क तीन हजार निर्धारण गरिएको छ।
एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँ हुने तय गरिएको छ।
12
Shares

प्रतिक्रिया