राजनीति


राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखिएका घटनाक्रमबारे सुरक्षा परिषद्‌मा छलफल

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखिएका घटनाक्रमबारे सुरक्षा परिषद्‌मा छलफल

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १८:४४, काठमाडौँ

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखिएका घटनाक्रमको विषयमा छलफल भएको छ। 

बिहीबार राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरू र अपनाउनुपर्ने भावी रणनीतिहरूको विषयमा छलफल भएको परिषद्‌का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए।  

आजको छलफलमा राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि समेत छलफल गरेर उक्त मस्यौदालाई संशोधनसहित स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ।  

त्यस्तै फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न मन्त्रिपर‍िषद्‌मा सिफारिस गर्ने निर्णय पनि आजको बैठकले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad