नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नयाँबानेश्वरमा मसाल जुलुस निकालेको छ। वर्तमान अन्तरिम सरकारको विरोध गर्दै मसाल जुलुस निकालिएको हो।
नेकपा एमालेका नेता कार्यकर्तामाथि सरकारले प्रतिबन्ध लगाएको, पूर्वघोषित कार्यक्रम केन्द्रित नेताहरूलाई सहभागी हुन विभिन्न षड्यन्त्र गरेको भन्दै जुलुस निकालिएको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले जानकारी दिए।
हालको सरकार अवैधानिक भएको र यो सरकारले विभिन्न संवैधानिक निकायमा हस्तक्षेप गरेर अराजक मचाएको उनले बताए।
दलीय व्यवस्थामाथि प्रहार भएको र यस्ता गतिविधि अन्त्य नगरे आन्दोलन बढाउने चेतावनी अनेरास्ववियुले दिएको छ।
66
Shares

प्रतिक्रिया