राजनीति


निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १५:४६, काठमाडौँ

सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

बिहीबार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधीन भवन निरीक्षणमा पुगेका सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन्। उनले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिए। 

सभामुख घिमिरेले निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निर्माणाधिन संसद भवन निर्माणको कार्यले केही गति लिएको जस्तो देखिन्छ। राष्ट्रिय सभा अहिले पनि जारी छ। त्यसको हल छैन। राष्ट्रिय सभा यो भवनमा तत्काल चलाउनको लागि सम्भव देखिएन। त्यसको लागि अरु नै विकल्प खोज्नुपर्ने आवश्यकता छ। प्रतिनिधि सभा सञ्चालनको लागि चैतको अन्तिमसम्ममा तयारी गर्नेगरी जानुपर्छ। त्यसरी गयो भने सकिन्छ भन्ने देखिन्छ।’

निर्माणाधिन उक्त भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद र लगानी थप गरिँदै आएको छ। १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण हुँदैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad