राजनीति


रास्वपाको आरोप- सिमरामा एमालेले जेनजी पिट्यो

रास्वपाको आरोप- सिमरामा एमालेले जेनजी पिट्यो

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १५:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले बाराको सिमरामा भएको जेनजी र नेकपा एमालेका कार्यकर्ताबीचको झडपबारे ध्यानाकर्षण भएको जनाएको छ।  

जुनसुकै नेपाली नागरिकले आफ्नो विचार व्यक्त गर्ने, शान्तिपूर्ण विरोध प्रदर्शन तथा आन्दोलन गर्ने अधिकार सुनिश्चित गरेको भन्दै रास्वपाले जेनजी युवामाथि एमालेका कार्यकर्ताले कुटपिट गरेको भन्दै आपत्ति जनाएको हो।

रास्वपाले जेनजीको शान्तिपूर्ण प्रदर्शनमा भएको घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न पनि माग गरेको छ।  

'अन्य कुनै पनि बाहनामा जेनजी युवामाथि दमन गर्न खोजिएमा त्यसको सशक्त प्रतिवाद हुनेसमेत सम्बन्धित सम्पूर्णमा जानकारी गराउँदछौँ' रास्वपाका जितपुर सिमरा नगरपालिकाका नगर सभापति सुरेश राज केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

आज सिमरामा नेकपा एमालेको युवा संघले आयोजना गरेको जागरण अभियानअन्तर्गतको कार्यक्रममा सहभागी हुन काठमाडौँबाट महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायतका नेता आउने थाहा पाएपछि जेनजीको एक समूहले विमानस्थलको गेटमै प्रदर्शन गरेको थियो। यही प्रदर्शनको क्रममा एमाले कार्यकर्ता र जेनजीबीच झडप भएको थियो। 

अहिले विमानस्थल आसपासका क्षेत्रमा बारा प्रशासनले कर्फ्यु लगाएको छ। जेनजीको प्रदर्शनपछि एमाले नेताहरू सिमरा जान सकेनन्। अहिले विमानस्थल पनि बन्द गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad