राजनीति


ओलीले भने- पक्राउ परेका दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियोस्

ओलीले भने- पक्राउ परेका दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियोस्

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १५:२०, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीले सरकारलाई पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्।

बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै ओलीले प्रसाईंलाई ‘बोलेको आधारमै’ प्रहरीले नियन्त्रणमा लिएको दाबी गर्दै यस्तो कार्य मानवअधिकारविपरीत रहेको बताए। 

ओलीले भने, ‘दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुपर्छ। बोलेको बापत थुन्नु मानव अधिकारको उल्लंघन हो भनेर मानव अधिकार आयोगले नै भनिसकेको छ। सरकारलाई यस्तो उल्लंघन गर्ने अधिकार छैन।’

उनका अनुसार प्रसाईंले भिडियो सार्वजनिक गरेको वा अभिव्यक्ति व्यक्त गरेको आधारमा सरकारले ‘उत्तेजित’ भएर गिरफ्तारी गरेको छ, जुन स्वीकार्य नहुने उनले जिकिर गरे। अपराध भएमा मात्रै कारबाही गर्न सकिने उल्लेख गर्दै उनले अभिव्यक्तिको कारण पक्राउ गर्नु कानुनविपरीत रहेको बताए।
 

ओलीको भनाइ छः

म सरकारलाई भन्न चाहन्छु-दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुस्। बोल्नै नपाईने पनि हुन्छ। मानव अधिकार आयोगले भनिसकेको छ-बोले बापत नै थुन्न मानव अधिकारको उल्लंघन हो। सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर मानव अधिकार आयोगले भनिसक्यो सरकारले छोड्नुपर्छ, पछि हट्नुपर्छ। त्यसो भएर बोल्न नदिनका लागि, बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफतार गर्नुहुँदैन। कसलाई को मन पर्छ, कसलाई को मन पर्छ? तर के मा थुन्ने, के मा नथुन्ने भन्ने हुन्छ नि त। अपराधमा पो थुन्ने हो त। अनि भएको भिडियो बाहिर ल्याउँदा थुन्ने हो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad