राजनीति


जेनजी लक्षित ओलीको टिप्पणी- अहिले मुसाले बिरालो तर्साएजस्तो अवस्था छ

जेनजी लक्षित ओलीको टिप्पणी- अहिले मुसाले बिरालो तर्साएजस्तो अवस्था छ

फाइल तस्बिर


नेपालखबर
मंसिर ३, २०८२ बुधबार १४:५९, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हाल देशमा अराजक गतिविधि बढेको र राज्य संयन्त्रले प्रभावकारी भूमिका नखेलेको आरोप लगाएका छन्।

बुधबार च्यासलमा एमाले स्थानीय विकास विभागले आयोजना गरेको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले हाल देखिएको सुरक्षाको कमजोरी र राजनीतिक हस्तक्षेपले देश असामान्य अवस्थामा पुगेको बताए।

उनले जेनजी भनिने समूहका गतिविधि देशभर बढ्दै गएको भने, ‘अहिले एकछिनका लागि मुसाले बिरालो तर्साएजस्तो अवस्था छ। एमालेलाई कोही फोन गर्छ- म जेनजी हुँ’ भनेर। अस्ति आगो लगाएको देख्यौँ। यिनलाई रोक्न कसैको ध्यान जाँदैन।’

ओलीले आरोप लगाउँदै भने, ‘आगो लगाउनेहरूलाई रोक्ने कोही भएन। रोक्ने कोही भएको भए ५०-६० जनाले सिंहदरबार जलाउन सक्दैनथे। रोक्ने संयन्त्र नचलेपछि देशमा जे पनि हुन्छ भन्ने स्थितिको विकास भइरहेको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad