नेपाली बहुराष्ट्रिय व्यावसायिक घराना चौधरी ग्रुप (सीजी)ले गत वर्ष २५ अर्ब ५९ करोड रुपैयाँ कर सरकारलाई बुझाएको छ।
सीजीका व्यवस्थापकीय निर्देशक निर्वाण चौधरीले गत वर्ष सरकारले प्राप्त गर्ने कुल राजस्वको २.३ प्रतिशत कर योगदान गरेको जानकारी दिएका हुन्।
उनले अर्थमन्त्री रामेश्वर खनालले ग्रुप अफ कम्पनिजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि सीजीको कर योगदानलाई विशेष रुपमा उल्लेख गरेकामा आभार व्यक्त गरेका छन्।
‘गत वर्ष सीजीले २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कुल राजस्वको करिब २.३ प्रतिशत योगदान दियो’, निर्वाणले लेखेका छन्, ‘चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व छ।’
चौधरी ग्रुपका विश्वबजारमा २०२ कम्पनी छन् भने २६१ ब्रान्ड रहेका छन्। ग्रुपले २० हजार बढीलाई रोजगारी दिँदै आएको छ।
Shares

प्रतिक्रिया