राजनीति


सबै सांसदको हस्ताक्षरसहित एमाले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने

सबै सांसदको हस्ताक्षरसहित एमाले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १६:४०, काठमाडौँ

नेकपा एमाले संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने भएको छ। मंगलबार बसेको विघटित प्रतिनिधि सभा एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो।

‘सबै सांसदको हस्ताक्षर लिएर अदालत जाने निर्णय गरेका छौँ,’ एक नेताले नेपालखबरसँग भने, ‘सडकमा पनि प्रदर्शन हुन्छ।’

ललितपुरको च्यासलमा बसेको बैठमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो पार्टी अदालत जाने स्पष्ट घोषणा गरेका थिए। प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अन्य फैसला सम्भव नभएको समेत उनले जिकिर गरेका थिए। 

‘हामी दुईवटा कदम चाल्दै अघि बढ्नेछौँ,’ बैठकमा ओलीको भनाइ थियो, ‘पहिलो, यस निर्णयलाई अस्वीकार गर्दै कानुनी उपचार खोज्छौँ। दोस्रो, यसको संवैधानिक परीक्षण अनिवार्य छ भन्ने हाम्रो ठहर छ। प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अन्य फैसला सम्भव छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad