रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस महामारीको भीषण चरणबाट गुज्रिन बाँकी नै रहेको बताएका छन्।
‘संक्रमितको संख्यामा हुने दैनिक वृद्धि अहिले स्थिर छ। तर हामी चुप बस्नु हुँदैन,’ पुटिनले भने, ‘परिस्थिति अझै गम्भीर छ। महामारीको उत्कर्ष पार भइसकेको छैन। हामीले महामारीको नयाँ र भीषण चरण सामना गर्न लागेका छौँ।’
मे ११ पछि लकडाउन खुकुलो गर्दै लैजाने तयारी भएको उनले बताए।
रुसमा ९३ हजार संक्रमित भएका छन् भने ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। एजेन्सी
प्रतिक्रिया