राजनीति


मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

नेपालखबर
मंसिर १, २०८२ सोमबार १४:५५, काठमाडौँ

सर्वोच्च अदालतले मधेस प्रदेशका ५ जना सदस्यलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेसका सभामुख रामचन्द्र मण्डललाई ५ जना सांसदलाई पदमुक्त नगर्न आदेश गरेको हो।  

कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टीका ४ र नागरिक उन्मुक्तिका १ सांसदलाई पदमुक्त गरेका थिए।

जसपाका सांसदहरू मनीष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त भएका थिए। सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad