प्रधानमन्त्री सुशीला कार्की आज नागरिक समाजका अगुवासँग विशेष अन्तर्क्रिया गर्ने आयोजना गरेकी छिन्।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल सुुरु भएको छ।
छलफलमा इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तमाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा वाग्ले, दोभान राई, नयनतारा गुरुङ, निर्घ नवीन, विजय तिमिल्सेना, खगेन्द्र संग्रौला, तुलानारायण साह, रेवती कार्की, शिशिर उप्रेती, दीपेश घिमिरे र राजुप्रसाद चापागाईँ सहभागी छन्।
आगामी निर्वाचनको वातावरण तयार गर्न प्रधानमन्त्री कार्की पछिल्ला दिनमा संवादलाई तीव्र पारिरहेकी छिन्।
यसअघि पनि विभिन्न राजनीतिक दल, सरकारी निकाय तथा सरोकारवालासँग संवाद गर्दै आएकी प्रधानमन्त्री कार्कीले सम्बादमै समाधान खोज्ने नीति अघि बढाइरहेका छिन्।
Shares

प्रतिक्रिया